थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०४२ पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । थप १५६ जनामा कोरोना संक्रमण
पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवता डा. विकास देवकोटाले थप १५६
जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका हुन् । 

नयाँ थपिएका संक्रमित झापा, सप्तरी, महोतरी,
रौतहट, दार्चुला, सोलुखुम्बु, हेटौडा, सुर्खेत, स्याङ्जा, बर्दिया,
बाँकेलगायत जिल्लाका रहेका छन् । जसमध्ये सप्तरीका १४ जना पुरुष, झापाका २५
जना पुरुष, नवलपुरका १ जना पुरुष, धनुषाका २९ जना, महोतरीका १७ जना,
रौतहटका ३ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना, दोलखाका २ जना,
सोलुखुम्बुका १ जना, बझाङका १ जना, सुर्खेतका १३ जना, दैलेखका ८ जना,
स्याङ्जाका ३ जना, दार्चुलाका १ जना, कैलालीका २ जना, हेटौडाका १ जना,
बर्दियाका ३ जना, बाँकेका १ जना र रौतहटका १७ जना रहेका छन् । 

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या
१०४२ पुगेको छ भने १८७ जना निको भएर फर्किएका छन् । प्रवक्ता देवकोटाका
अनुसार नेपालका ५१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ भने कोरोना
संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।

Recent Comments

No comments to show.