मान्छे हैन दलित बन्न मन छ ! म दलित

मान्छे हैन दलित बन्न मन छ ! म दलित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सदिक्षा चौहान

म दलितको परिभाषा जान्न चाहन्छु

को हो दलित ? के हो दलित ?

उसलाई दलित भन्दै मार्नेहरु हो बताईदेउ

के फरक थियो

तिमी र उसमा ?

के छ तिमीमा जसले तिमीलाई आफ्नै नजरमा उचो बनायो ?

र के थिएन उसमा

जसले उसलाई मृत्यु दिलायो !

यी प्रश्नहरु अनुत्तरित नै रहनेछन्

किनकि जवाफ तिमी स्वघोषित

उचाहरुसँग पनि छैन

तर म तिमीमा र उसमा

शब्दले नाप्न नसक्ने फरकहरु देख्छु !

उ वास्तविक मान्छे थियो

तिमि मान्छे जस्तो मात्र रहेछौ

उसँग विशाल सपना देख्ने आँखाहरु थिए

तिम्रा आँखाहरुमा अन्धकार मात्र रहेछ !

उ सँग मायाले भरिएको सागर जस्तै गहिरो मुटु थियो

तिम्रो मुटुमा घृणामात्र रहेछ !

उसको नसामा रातो रगत हिम्मत र सच्चाई बोकेर बग्थ्यो

रगत त तिम्रो पनि रातै हो,

तर तिम्रो रगतमा छुवाछुतको विष बग्दो रहेछ

यदि दलितहरु मान्छेमा गनिँदैनन् भने

मान्छेहरु जातका नाममा नरभक्षी बन्छन् भने

मलाइ मान्छे हैन दलित बन्न मन छ ! म दलित ।।

Recent Comments

No comments to show.