नेपालमा हालसम्म ६४ हजार ४ सय ८५ जनाको कोरोना नमूना परीक्षण सम्पन्न

नेपालमा हालसम्म ६४ हजार ४ सय ८५ जनाको कोरोना नमूना परीक्षण सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोनाको आशंकामा नेपालमा हालसम्म ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटिबाट परीक्षण भएको छ।

नेपालमा हालसम्म कुल संक्रमित ७५ जनामध्ये १६ जना उपचारपछि डिस्जार्च भएका छन्। प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा १७ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका हुन्। अहिलेसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएको छैनन्।

Recent Comments

No comments to show.