शुकुमान मेमोरियल पोलिक्लिनिकद्वारा बेलकोटगढी नगरपालीकालाई स्वास्थ्य सामाग्री बितरण

शुकुमान मेमोरियल पोलिक्लिनिकद्वारा बेलकोटगढी नगरपालीकालाई स्वास्थ्य सामाग्री बितरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । शुकुमान मेमोरियल पोलिक्लिनिकले नुवाकोटको बेलकोटगढी नगरपालीकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

बेलकोटगढी नगरपालिका वडा नं. ४ मा रहेको पोलिक्लिनिकले पिपिई सेट,थर्मल गन,पञ्जा ,मास्क, स्यानिटाइजर, साबुन लगायतका स्वास्थ्य सामाग्री उपप्रमुख कविता ढुंगाना मार्फत नगरपालीकालाई हस्तान्तरण गरेको छ ।

यसअघि पनि स्वास्थ्य सामाग्री उपलब्ध गराउदै आएका शुकुमान मेमोरियल पोलिक्लिनिकका संस्थापक एंव शिक्षाको लागी स्वास्थ्य (हेन–नेपाल)का अध्यक्ष समेत रहनुभएका जगत लामा,चेत बहादुर लामा,मनोज गुरुङ सहितको टोलीले आइतबार नगरपालिकालाई थप स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन ।

एकद्वार प्रणाली लागू भएपछि थप स्वास्थ्य सामाग्रीहरु नगरपालिकालाई उपलब्ध गराएको पोलिक्लिनिकको संस्थापक तथा युवा समाजसेवी जगतबहादुर लामाले बताउनु भयो। यसअघि नगरभित्र रहेका सबै स्वास्थ्यचौकीहरु र स्थानीय सरकारको रुपमा सेवा पुराउदै आएका सम्पुर्ण वडा कार्यालयहरुका लागि पनि आवश्यक स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएको लामाले बताउनु भयो।

Recent Comments

No comments to show.