नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, एकैदिन १६ संक्रमित थपिए

नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण, एकैदिन १६ संक्रमित थपिए

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले जनाएको छ ।यो सहित नेपालगञ्जमा संक्रमितको संख्या १६ पुगेको छ । आइतबार मात्र नेपालगञ्जमा ९ जनामा कोरोना देखिएको थियो।

केही दिनअघि नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।ती ब्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला लगिएको थियो ।

तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार पर्सामा नै एक जनामा कोरोना देखिएको छ। नेपालगञ्जका १५ र पर्साका १ सहित आइतबार नेपालमा १६ जना संक्रमित थपिएको छ ।

Recent Comments

No comments to show.