काठमाडौं । व्यापारी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले एक महिनापछि हाजिर हुनेगरि रिहा गरेको छ ।
बिहीबार जिल्ला अदालत काठमाडौंमा २५ लाख ५० हजार धरौटी बुझाएर रिहा भएपछि उनलाई प्रहरीले पुनः गिरफ्तार गरेको थियो । गिरफ्तारपछि प्रहरीले सुलभलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।
विभागले गैरकानुनी सम्पत्ति आर्जनबारे प्रारम्भिक बयान लिएर एक महिनापछि हाजिर हुनेगरी छाडेको विभागका एक अधिकृतले जानकारी दिएका छन ।
महानगरीय प्रहरी परिसर काठमाडौंले सम्पत्तिबारे अनुसन्धान गर्न आवश्यक देखिएको भन्दै बुधवार विभागलाई मिसिलसहित पत्र पठाएको थियो ।
सुलभको सम्पत्ति मुद्धा हेर्नेगरि तोकिएका अनुसन्धान अधिकृत र विभागका महानिर्देशन रुपनारायण भट्टराईले उनलाई तारेखमा छाड्ने निर्णय गरेका हुन् ।
फागुन २५ मा थर्मल गन कालोबजारी अभियोगमा महानगरीय अपराध महाशाखाले उनलाई नक्सालबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया