कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या १३ सय २३ नाघ्यो , संक्रमितको संख्या अहिलेसम्मकै उच्च

कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या १३ सय २३ नाघ्यो , संक्रमितको संख्या अहिलेसम्मकै उच्च

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। शनिबार एकै दिन एक सय जनाको मृत्यु भएको छ।

शनिबार कोरोना संक्रमणका कारण भारतमा भएको मृत्यु र संक्रमण अहिलेसम्मको सर्वाधिक हो।

शनिबार एकै दिन भारतमा कोरोनाकाका २४ सय ४२ जना नयाँ संक्रमित थपिएका छन्।

शुक्रबार भारतमा २३ सय ९४ नयाँ संक्रमित थपिएका थिए भने ६९ जनाले ज्यान गुमाएका थिए।

भारतमा अहिलेसम्म मृतकको संख्या १३ सय २३ पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ६ सय ९९ पुगेको छ।

भारतमा एक हजार ८ सय १९ जना उपचारपछि निको भएका वर्ल्डओमिटरले जनाएको छ।

Recent Comments

No comments to show.