सरकार र पार्टीको अनुमती पाए १ लाख स्वयंसेवक शिक्षक खटाउने युवानेता भण्डारीको उद्घघोष

सरकार र पार्टीको अनुमती पाए १ लाख स्वयंसेवक शिक्षक खटाउने युवानेता भण्डारीको उद्घघोष

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले सरकार र पार्टीले अनुमती दिए आफू सहित नेपाली कांग्रेसका १ लाख तरुणविद्यार्थीलाई ६ महिना निशुल्क टोल स्वयंसेवक शिक्षक बनेर राष्ट्रका कर्णधार बालबालिका र क्याम्पसका विद्यार्थीलाई शिक्षाको उज्यालो ज्ञान छर्ने सेवा गर्न तयार रहेको बताएका छन् ।

नेपालको शैक्षिक सुधार आन्दोलनमा दुई दशक नेतृत्व दिई हाल काठमाडौं मेडिकल कलेज र ईन्जिनियरिङ क्याम्पसहरुको संचालक समेत रहेका नेबिसंघका पुर्ब कावा केन्द्रीय अध्यक्ष भण्डारीले सरकारले कोरोना संकटलाई अवसरमा बदल्दै परम्परागत बेरोजगारी बढाउदै र युवालाई खाडी पठाउने रटन्ते शिक्षा प्रणालीलाई बदल्दै नयाँ युगमा प्रबेशकोउद्घघोष गर्ने हो भनेर आफुहरु एजुकेशन गेम चेन्जर रोडम्याप सहित खुला सहयोग गर्न तयार रहेको बताएका छन् ।

शिक्षाबिज्ञ युवानेता भण्डारीले आज धनीबर्ग र हुनेखाने नेताकर्मचारी, ब्यापारीका छोराछोरीले महँगो बोर्डिङमा बच्चा पढाउने तर गरिबलाई हरेक बर्ष शैक्षिकसत्र भन्दा ढिलो जनक शिक्षामा पुस्तक छापेर बाडेर निस्किएको झिनो परिणामको लागि खर्बौ रकम र समयको बर्बादि रोक्नुपर्ने बताउँछन । निजि स्कुल/ क्याम्पस भन्दा सरकारि शिक्षाको रिजल्टमा फेल झै ग्रेड ल्याउने काम बन्द गर्दै सेमेस्टर प्रणालीको झै अलिअलि बिरोध भएपनि नडराईकन डिजिटल ई शिक्षा आत्मसात गर्न शिक्षा मन्त्रालयलाई सुझाएका छन् ।

भण्डारी भन्छन्- राज्यको कुल बजेटको अर्बौं रुपियाँ सरकारी बिधालयमा खर्च गर्दा परिणाम निस्किएन ! उल्टै बेरोजगारी र खाडी  पलायन बढेकोले बिकल्पमा देशको बिपन्न बर्गका विद्यार्थीलाई निशुल्क ल्यापटप र ईन्टरनेट प्याकेज दिएर डिजिटल ई शिक्षा दिनु अनिवार्य भएको छ । अब नयाँ शैक्षिक प्रणाली अनुसार ५०%डिजिटल शिक्षा र ५०% प्रयोगात्मक, नैतिक र योग शिक्षा दिई हरेक नागरिकलाई ईच्छानुसार पेशालाई केन्द्रित गरेर टोलछिमेक मै प्राविधिक तालिम शिक्षा दिईनुपर्छ -जस्तै घरमै मैमास्क- सेनेटाईजर निर्माण, स्वास्थसेवा प्रशिक्षण, बिजुली वायरिङ्ग, प्लम्बिङ्ग, सजावट सामाग्री निर्माण, कृषि-फलफूल तरकारी उपज, गाडी,  वाईल्डिङ्ग,  मोबाइल आदि ईलोक्ट्रोनिक्स मर्मत, कुकिङ्ग र साईन्टेफिक प्रयोग आदि दिईनु पर्छ । त्यसैले नयाँ बजेटमा सरकारले ढिलो नगरिकन नेपाल टेलिकम र सबै निजि ईन्टरनेट सेवाप्रदायक कम्पनीलाई करमा कट्टा सम्झौता गरि विद्यार्थीलाई पढन चाहिने सम्मको ईन्टरनेट निशुल्क गर्नुपर्छ । हिमालपाहड र तराईका गाउँकान्दाराको टोल मा उपलब्ध घुम्ती स्वयंसेवक शिक्षक मार्फत कम्तिमा अफ्ट्यारो ४ बिषयको भएपनि सामाजिक दुरि सहितको टोलछिमेक पढाई अबिलम्ब शुरु गर्न निजि तथा सरकारी बिधालय/ क्याम्पसलाई मेरो आव्हान छ । नेपालमा ईन्टरनेट को पहुँच बाहिरको ग्रामिण क्षेत्रमा सरकारले नेटवर्क बढाउनुपर्छ । लक डाउनमा अत्यावश्यक सामानहरु, बीउ- मलखाद बितरण, बैंकिङ्ग सेवा, स्वास्थ्य सेवासंगै पढाउन लाई सामुदायिक घुम्ति शिक्षा (मोबाइल एम्बुलेन्स) एउटै गाडी बाट संचालन गरेर खर्च ब्यवस्थापन गर्न प्रदेश र स्थानीय तह लाई केन्द्रले बजेट बिनियोजित गर्दै सरकारले निर्देशन दिनुपर्छ । एसईई, उच्च माबी र क्याम्पस तहको सबै परिक्षा दशैतिर गर्ने गरि नयाँ शैक्षिकसत्र डिजिटलसेवा मार्फत प्रारम्भ गर्न बिज्ञहरु को सुझाव लिएर अनि शिक्षित अभिवाहकलाई समेत जिम्मेवारी दिएर अघि बढ्नुपर्छ । अझै केही महिना कोरोना ले विद्यालय/ क्याम्पस खोल्न संभावना नभए देशभर उपलब्ध शिक्षक/ प्राद्य्यापक बाहेक थप: अनि आवश्यक स्वयंसेवक शिक्षकको लागि नेपाली कांग्रेसले सहयोग गर्ने नेता भण्डारी को दाबी छ ।

पटकपटक लोकतान्त्रिक आन्दोलनको लागि लडेको कांग्रेस अनि नेबिसंघ, तरुण दल सहित सबै भातृ र शुभेच्छुक संघसंगठनले नागरिकको शिक्षाको अधिकार कुन्ठित हुन नदिन सरकारले अनुरोध गरे वा अनुमती दिएमा प्राबिधिक शिक्षा सहित सबै खाले स्वयंसेवक दिन लाई नेता भण्डारीले एजुकेशन गेम चेन्जर रोड म्याप अघि सारे पछि सर्वत्र समर्थनको लहर देखिन्छ  ।

Recent Comments

No comments to show.