कोरोना विरुद्धको लडाईमा उत्कृष्ट काम गर्ने पाँच महिलाको सूचीमा नेपालकी रुना झा पनि

कोरोना विरुद्धको लडाईमा उत्कृष्ट काम गर्ने पाँच महिलाको सूचीमा नेपालकी रुना झा पनि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. रुना झा कोरोना विरुद्धको लडाईमा उत्कृष्ट काम गर्ने पाँच महिलाको सूचीमा परेकी छिन् । संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको  कोरोना नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको पर्न सफल भएकी हुन् । 

संकटका बेला डा।झाले देखाएको कार्यकुशलता र सक्रियताको आधारमा डा झालाई शीर्ष पाँच महिलाको सूचीमा राखिएको हो । उनीसँगै काजिकस्तान, चीन, जोर्डन, क्यारावियनलगायतका महिला उक्त छनौटमा समाबेश भएकी छिन । चीनको वुहानबाट ल्याइएको १ सय ७५ विद्यार्थीलाई क्वारेन्टाइनमा राखेपछि पहिलो पटक प्रवेश गर्ने टोलीमा झाको टोली परेको थियो । 

उनले अहिले नेपालमा कोभिड–१९ परीक्षणको नेतृत्व गरिरहेकी छिन् ।

Recent Comments

No comments to show.