हिमपहिराेमा पुरिएका सबैको शव फेला

हिमपहिराेमा पुरिएका सबैको शव फेला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  तीन महिना अघि हिमपहिरोमा पुरिएर अन्‍नपूर्ण पदमार्गमा बेपत्ता कोरियन पर्यटक र नेपाली गाइडको शव निकालिएको छ । 

नेपाली सेनाले तीन महिनापछि हिमपहिरोमा पुरिएका ७ जनाको शव निकालेको हो ।

पोखरामा रहेको श्री सेकेन्ड रेन्जर बटालियनबाट खटिएको खोज तथा उद्धार टोलीले शुक्रबार एक कोरियन र एक नेपालीको शव निकालेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

पाँच वटा शव सेनाले यसअघि नै निकालेको थियो । 

०७६ माघ ३ मा कास्कीको अन्‍नपूर्ण गाउँपालिका–११ हिंकु केभ ईलाकामा गएको हिमपहिरोमा परेर ३ जना नेपाली गाईड र ४ जना कोरियन पर्यटक बेपत्ता भएका थिए । 

खोज तथा उद्धार अपरेशनबाट फेला परेका शव पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठानमा राखिएको नेपाली सेनाले जनाएको छ । 

Recent Comments

No comments to show.