मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ २० दिनपछि सार्वजनिक

मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ २० दिनपछि सार्वजनिक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन २० दिनपछि सार्वजनिक भएका छन्।

समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेसंगै उनी सार्वजनिक भएका हुन् । किमले शुक्रबार रिबन काटेर उद्योग उद्घाटन गरेको तस्बिर कोरियाको सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको छ ।

लामोसमय किम सार्वजनिक नहुँदा उनको मृत्यु भएको हल्लासम्म चलेको थियो । यसबीच किमको मुटुको अप्रेसन गरेको र स्वास्थ्य गम्भीर अवस्थामा रहेको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खबर लेखेका थिए ।

यस्ता खबरकाबीच शुक्रबार उत्तरकोरियाको सरकारी समाचार संस्था केसीएनएले उत्तर कोरियाका शीर्ष नेताहरु र बहिनीसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएको समाचार दिएको छ।

प्योङको उत्तरी क्षेत्रस्थित उद्योगको उनले उद्घाटन गरेको समाचारमा उल्लेख गरेको छ।

Recent Comments

No comments to show.