युवानेता क्षितिज भण्डारीले मागे प्रधानमन्त्री केपी ओलीको राजिनामा !

युवानेता क्षितिज भण्डारीले मागे प्रधानमन्त्री केपी ओलीको राजिनामा !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवानेता क्षितिज भण्डारीले प्रधानमन्त्री ओलिको राजिनामा मागेका छन ।

मे १ अर्थात्त १३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिदै ने.बि संघ पुर्ब कावा केन्द्रिय अध्यक्ष समेत रहेका भण्डारीले लक डाउन आगामी महिना पनि लम्बाएर सत्ता र भ्रष्टाचार माथी छानबीनबाट बच्न मन्त्रीहरू लागिरहेकोले सरकार परिवर्तनको बिकल्प नरहेको बताएका छन। 

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकधामका लागि सरकारले लकडाउन गर्ने निर्णय गरे पश्चात लक डाउन तोडदै उनले आफ्नो ब्यक्तीगत खर्चमा दैनिक ज्यालादारी गर्ने मजदुर तथा तिनका परिवारलाई राहत बाडन जादै गर्दा गाँस-बाँस र कपास अनि लामो हिडाई बारे श्रमिकको पीडा नसुन्ने सरकारले अद्य्यादेश फिर्ता पछि नैतिक बैधता गुमाएकोले अब ताजा जनादेश लिनु वा सरकार परिवर्तन मात्रै अन्तिम बिकल्प रहेको दाबी गरेका छन् । 

भण्डारीले श्रमिकको फरकफरक आवस्यकता प्रति आफ्नो अनुभव समेत शेयर गरेका छन् जस अनुसार कतै मजदुर प्रहरीको डण्डा खाएर अनि जहाँ पायो त्यहीँ सुत्दा ओछ्यान नमिलेर आङ्ग दुखेर रोईरहेका थिए ! तिनिलाई पेन रिलिफ स्प्रे गरेर औषधि दिईयो । कोहि दात दुखेर माज्ने ब्रुस र मन्जन माग्दै थिए । धेरैले ग्यास छैन -अनि थोरै दाउराले भात र फाडो बनाउनी कि पानी उमाल्ने ? भन्दा किटाणु मार्ने पीयूष दिईयो । कसैलाई हातमुख धुन र नुहाउन साबुन र कोहि हिड्दा चुडिएकोले नयाँ चप्पल/ जुत्ता खोज्दै थिए । धेरैले धनीका बच्चा मोबाइल बाट पढने (अनलाइन क्लास) हल्ला सुनेपछि अब हामी गरिबका बच्चालाई कसरी पढाउने? भनेर चिन्तित देखिए । नागरिक मा डिप्रेशन नै ल्याउने गरि बढ्दो लक डाउन र भ्रष्टाचारबाट स्वदेश/विदेशका श्रमिक साथीहरू नै कोरोनाबाट सर्वाधिक पीडित देखिए । 

त्यसैले हरेक बिपन्न र श्रमिकको घरमा सहज चुल्हो बाल्न राज्यले खाता खोलेर सिधै रकम दिनुपर्ने देखिन्छ । गरिब लाई भारत झै खाद्यान्न, ग्यास र औषधि सहित अन्य सबै दैनिक उपभोग्य आवश्यक सामग्री र सहुलियत ऋण उपलब्ध गराउन सबै मजदुर संघसंगठनको कार्यगत एकताको आवह्नान समेत भण्डारीले गरे । नेता भण्डारीले अहिलेसम्म नेपालमा ५९ जाना सक्रमित भएपनि बिश्वभरी ३३,००,६६५ जना पीडित भएर २,३३,६८६ जनाको भयावह मृत्युको भयानक तथ्यांक अनुसार श्रामिक बर्ग थप जोखिममा देखिने दावा गर्दै कांग्रेसले ओलि लाई समर्थन नगर्ने दाबी गरेका छन् ।

Recent Comments

No comments to show.