प्रदेश ५ मा दुई जना कोरोना संक्रमित भेटिए, नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो

प्रदेश ५ मा दुई जना कोरोना संक्रमित भेटिए, नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुग्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित भेटिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक गरिएको पीसीआर परीक्षणका क्रममा रुपन्देही जिल्लाका एक र बाँके जिल्लाका एक जनामा कोरोना भाइरसको पुष्टि भएको हो।

मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । दुबैको अवस्था सामान्य छ ।

योसँगै कोरोना भाइरस पाँच नं प्रदेशमा पनि देखिएको छ भने संक्रमितको संख्या ५९ पुगेको छ। संक्रमित ५९ मध्ये १६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। बाँकी ४३ संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

Recent Comments

No comments to show.