विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख नाघ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख नाघेको छ । तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

संक्रमितमध्ये १० लाख ३९ हजार १ सय ४४ जना उपचारपछि निको भइ अस्पतालबाट घर फर्केका छन्।

विश्वमा २ लाख ३३ हजार ८ सय ३९ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वका विभिन्न अस्पताल र घरमै बसेर कोरोना भाइरसको उपचार गराइरहने संक्रमितको संख्या २० लाख ३१ हजार ३ सय ९८ रहेको छ।

उपचारतमध्ये ५० हजार ९ सय ४७ जनाको स्वास्थ्य गम्भीर रहेको छ भने १९ लाख ८० हजार ४ सय ५१ जनाको अवस्था सामान्य रहेको छ।

अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख ९५ हजार १९ जना पुगेको छ, जसमध्ये ६३ हजार ८ सय ५६ जनाको मृत्यु भइसकेको छ। स्पेनमा संक्रमितको संख्या २ लाख ३९ हजार ६ सय ३९ रहेको छ भने २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ।

Recent Comments

No comments to show.