जीवन बीमा प्रिमियम वापतको रकम संकलन गर्ने अवधि थप

जीवन बीमा प्रिमियम वापतको रकम संकलन गर्ने अवधि थप

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। बीमा क्षेत्रको लागि सरकारले केही राहत घोषणा गरेको छ। बैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले लकडाउनको अवधिभित्र संकलन गर्नपर्ने जीवन बीमा प्रिमियम वापतको रकम संकलन गर्ने अवधि जेठ मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।

बीमा अवधि समाप्त भएको बीमालेखको हकमा बीमितको लिखित अनुरोधका आधारमा बीमालेख नवीकरण गर्न सकिनेछ। लकडाउन सकिएको १५ दिनसम्म यसले निरन्तरता पाउनेछ।

लकडाउनको अवधिभित्र संकलन गर्नुपर्ने जीवन बीमा प्रिमियम जेठ मसान्तसम्मका लागि थप गरिएको छ। उक्त अवधिको ब्याज नलाग्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।गत चैत र वैशाख महिनामा नविकरण गर्नुपर्ने बीमा अभिकर्ता र सर्भेयरको ईजाजतपत्र नवीकरणको म्याद असार मसान्तसम्म थप गरी सोवापत जरीवाना नलाग्ने व्यवस्था मिलाउने समेत निर्णय गरेको छ ।

निर्जीवन बीमकले तत्काल सिर्जना हुने दाबी भुक्तानीका लागि विद्युतीय माध्यमबाट समेत निवेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाइ क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ ।

Recent Comments

No comments to show.