नेपाल आउने भिसालाई थप ६ महिना मान्यता

नेपाल आउने भिसालाई थप ६ महिना मान्यता

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले नेपाल आउने भिसालाई थप ६ महिना मान्यता दिने भएको छ । अष्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावासले बिहिबार एक वक्तव्य जारी गर्दै  नेपाल आउनेहरुका लागि जनवरी १ देखि मार्च १ को बीचमा जारी गरेका सबै भिसाको म्याद ६ महिना थप गरेको हो ।

कोरोना संक्रमणका कारण सिर्जित संकटका कारण सरकारले यस्तो निर्णय लिएको सूचनामा जनाएको छ ।

सोहि निर्णयअनुसार बिभिन्न मुलुकमा रहेका नेपाली दूतावासले सूचना जारी गरेका छन्।

‘यस दूतावास र अष्ट्रेलिया र न्यूजिल्यान्डमा रहेका सबै नियोगहरुले सो अवधिमा जारी गरेका भिसाहरुको अवधि अब ६ महिनाको सट्टा १ वर्ष हुनेछ,’ अष्ट्रेलियास्थित नेपाली दूतावासले जारी गरेको सूचनामा भनिएको छ।

Recent Comments

No comments to show.