निर्माण व्यवसाय विकास परिषद्ले प्रदेशलाई १३ लाखका दरले सहयोग गर्ने निर्णय

निर्माण व्यवसाय विकास परिषद्ले प्रदेशलाई १३ लाखका दरले सहयोग गर्ने निर्णय

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि सबै प्रदेशलाई १३ लाखका दरले सहयोग गर्ने निर्णय गरेको छ ।

सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट कट्टा गरी जम्मा भएको निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत रहेको निर्माण व्यवसायी कोषबाट खर्च हुने गरी उक्त रकम सहयोग गरेको हो ।

परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रदेशस्तरीय कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सातवटा प्रदेश सरकारलाई १३ लाखका दरले ९१ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यसअघि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड उपलब्ध गराइसकेको परिषद्का सदस्य सचिव गोपालप्रसाद सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

परिषद्मा नेपाल निर्माण व्यवसायी महासङ्घसहित निर्माण व्यवसायसँग सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधि रहेका छन् ।

Recent Comments

No comments to show.