आजदेखि कालीमाटी तरकारी बजार बन्द, तरकारी किन्न अब यी ठाँउमा जानुहोस्

आजदेखि कालीमाटी तरकारी बजार बन्द, तरकारी किन्न अब यी ठाँउमा जानुहोस्

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कालीमाटीमा तरकारी किन्ने उपभोक्ता र व्यापारीको भीड नियन्त्रण गर्न कालीमाटीमा  तरकारी तथा फलफूल बजार बिहीबारदेखि बन्द गर्न भएको छ ।

महानगरपालिकाले ११ स्थानमा अस्थायी फलफूल तथा तरकारी बजार सञ्चालनमा ल्याउने भएपछि उपभोक्तालाई असहज नहुने हुनाले बन्द गरेको जनाएको छ । बजारमा बिहीबारदेखि तरकारी भित्रिए पनि कारोबार भने महानगरले तोकेका बजारबाट मात्रै कारोबार गरिन्छ। 

महानगरपालिकाले कोरोना भाइरस नियन्त्रण नहुँदा सम्मका लागि विभिन्न ११ स्थानमा अस्थायी बजार स्थापना गरी बिक्री वितरणको प्रबन्ध मिलाउन कालीमाटी समिति र थोक व्यापारीलाई आग्रह गरेको छ।

अब कलंकी, बाफल, स्वयम्भु, वनस्थली, गोंगबु, बसुन्धारा, गोपीकृष्ण हल, तिनकुने, लैनचौर, रत्नपार्क र कोटेश्वरमा अस्थायी तरकारी बजारबाट कारोबार हुनेछ । 

कालीमाटी बजारमा बाहिरबाट भित्रिएका सबै तरकारी स्टोर गरिन्छ र तिनै तरकारी थोक व्यापारी मार्फत महानगरपालिकाले तोकेका बिक्री केन्द्रमा लगेर बिक्रीको प्रबन्ध मिलाईएको महानगरको दाबी छ । 

महानगरले अस्थायी बजारमा खुद्रा र थोक दुवै थरी कारोबार हुने जनाएको छ।

बजार क्षेत्रभित्र अत्यधिक भिडभाड बढेकै कारण कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले गत शनिबारदेखि लकडाउन अवधिभर खुद्रा बजार बन्द गर्ने निर्णय गरेको थियो।

Recent Comments

No comments to show.