कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि अगाडि एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ गाउँपालिकाकी २३ वर्षीया शोभा भट्ट रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ च ८२४ नंको एम्बुलेन्स र से ५ प ४८४ नंको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।
मोटरसाइकल चालक नरहरिनाथ गाउँपालिकाका द्वन्द्वविक्रम विष्ट गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक बारबर्दिया नगरपालिका–६ का रामबहादुर थारू सामान्य घाइते छन्।
प्रतिक्रिया