कोरोना संक्रमणको आशंकामा भर्ना गरिएका दुई जनाको वीर अस्पतालमा मृत्यु

कोरोना संक्रमणको आशंकामा भर्ना गरिएका दुई जनाको वीर अस्पतालमा मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ । काठमाडौंको वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । 

काठमाण्डौकै चन्द्रागिरी नगरपालिका वडानम्बर १५ की ती युवतीलाई बेहोसी अवस्थामा अस्पतालमा भर्ना गरीएको अस्पतालले जनाएको छ । 

 युवतीको सघन उपचार कक्ष (आईसीयू)मा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । मृत्यु भएकी युवती स्वास प्रस्वाससम्बन्धी समस्या भएर अस्पताल भर्ना भएकी बताइएको छ ।

यस्तै, सोमबार अस्पताल भर्ना भएका अर्का एक युवकको पनि अस्पतालमा मृत्यु भएको छ । उनलाई सोमबार बेहोस् अवस्थामा अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो ।

अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले उपचारका क्रममा मृत्यु भएका दुवै जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ ।

Recent Comments

No comments to show.