पाटनको आइसोलेनमा भर्ना गरिएको एक जनाको मृत्यु

पाटनको आइसोलेनमा भर्ना गरिएको एक जनाको मृत्यु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कोरोना भाइरसको आशंकामा पाटन अस्पतालमा भर्ना भएका एक जना बिरामीको मृत्यु भएको छ।

धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई अत्यधिक ज्वरो देखिएपछि आइतबार अस्पतालको आइसियुमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणका कारण मृत्यु भएको भन्ने पुष्टि भइसकेको छैन। उनको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ।

यसअघि आइतबार मात्रै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा कोरोना आशंका गरिएका एक जनाको मृत्यु भएको थियो । उनको रिपोर्टपनि हालसम्म नआएका कारण मृत्युको कारणबारे स्पष्ट हुन सकेको छैन ।

Recent Comments

No comments to show.