आजबाट लकडाउन अवज्ञा गर्नेलाइ तीन घण्टा सडकमै उभ्याइने

आजबाट लकडाउन अवज्ञा गर्नेलाइ तीन घण्टा सडकमै उभ्याइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले लकडाउन अवज्ञा गर्दै सडकमा निस्कनेहरुलाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान ७ बजेसम्ममा काठमाडौंबाट ७ सय ४० जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ललितपुरबाट ६८ जना र भक्तपुरबाट १८ जना समेत छन् । लकडाउन अवज्ञा गरेकोमा नियन्त्रणमा प्रहरीले जनाएको छ ।

आजबाट सडकमा निस्कनेलाई तीन घण्टा सडकमै राखिने जनाईएको छ । त्यस्तै ८४ वटा सवारी साधन नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

पक्राउ गर्दा पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडकछेउमै राखिन थालिएको प्रहरीले जनाएको छ ।

Recent Comments

No comments to show.