पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपाली:‘लकडाउन’ र कर्फ्युमा के फरक छ ?

पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपाली:‘लकडाउन’ र कर्फ्युमा के फरक छ ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली आन्दोलनकाे लामाे इतिहाँसमा कर्फ्युकाे स्वाद नचाखेका नेपालीहरू कमै हाेलान् संभवत पहिलो पटक ‘लकडाउन’ को अनुभूति गरिरहेका नेपालीहरुका लागि यो नौलो अभ्यास हुनसक्छ । दर्जनौं पटक कफ्र्यूको सामना गरिसकेका कतिपय नेपालीहरु ‘लकडाउन’ बारे अनभिज्ञ छन् ।

मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म एक साता देशैभर लकडाउन गर्ने निर्णय गरेपछि यतिबेला नेपाल सुनसान छ ।

गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौती देखिएको अवस्थामा कर्फ्यु लगाइन्छ भने सुरक्षाबाहेक अन्य कारणले मान्छेलाई आवातजावत रोक्नुपर्ने अवस्थामा ‘लकडाउन’ गरिन्छ ।

मंगलबारदेखि गरिएको लकडाउन संक्रामक रोग ऐन, २०२० अनुसार केन्द्रीय सरकार तथा प्रदेश सरकारले प्रयोग गर्न पाउने अधिकार हो ।

संक्रामक रोग ऐन, २०२० अनुसार नियम उल्लंघन गरे ६ महिनासम्म कैद हुन सक्छ । हुनत लकडाउन कर्फ्यु भन्दा केही लचक हुन्छ । अत्यावश्यक सेवाका सवारीसाधन भने दुवै अवस्थामा अनुमति लिएर संचालन हुन पाउँछन् ।

ऐनअनुसारको आदेशको अपहेलना गर्ने व्यक्तिलाई एक महिनासम्म कैद र सय रुपैयाँसम्म जरिवाना तथा ऐनअनुसारका अधिकृत व्यक्तिहरूलाई बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद र ६ सयसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।

संक्रामक रोगको ऐन २०२० को दफा २ को उपदफा २ मा जारी आदेशको कार्यान्वयन मिलाउन सबै प्रमुख जिल्ला अधिकारीलाई स्थानीय ऐन २०२८ को पनि आवश्यकताका आधारमा प्रयोग गर्न पाउनेछन् ।

लकडाउनमा के गर्न पाइँदैन ?

–औषधि उपचार, खाद्य वस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर निस्कन पाउँदैनन् ।

–अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधनबाहेक सबै सार्वजनिक या निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लाग्नेछ ।

–सुरक्षा निकायबाट प्रयोग हुने वायुयान तथा तोकिएका अन्य उडानबाहेक अन्य सबैै आन्तरिक व्यावसायिक उडान बन्द हुनेछन् ।

–स्वास्थ्य सुरक्षा, खाद्यवस्तु, दूध, खानेपानी, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवावाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने ।

–औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगबाहेक निजी क्षेत्रमा सञ्चालित उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने ।

–व्यवसायीले औषधि र औषधिजन्य सामग्रीको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्यवृद्धि गर्ने वा कालोबजारी गर्ने, लुकाउनेलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गर्ने गरी रोगको रोकथाम र उपचारको काममा उपयोग गर्ने ।

Recent Comments

No comments to show.