काठमाडौं । सरकारले मंगलबारबाट देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।
सरकारले मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।
कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।
अत्यावश्यक आवश्यक कर्मचारी उपस्थित हुनेगरी सम्बन्धी कार्यलय प्रमुखले बिदा दिने जनाएको छ । उद्योग कर्मचारीलाई समेत बिदा दिइने भएको छ ।
प्रतिक्रिया