सुनसान बन्दै काठमाडौं, तीन दिनमा साढे चार लाख बाहिरिए

सुनसान बन्दै काठमाडौं, तीन दिनमा साढे चार लाख बाहिरिए

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रासले काठमाडौं उपत्यका छोड्नेको संख्या बढ्दै गएको छ ।

कोरोना संक्रमण भित्रिन नदिन सरकारले शैक्षिक संस्था, अदालतलगायत कार्यालय बन्द गरेपछि काठमाडौंबाट मानिस आफ्नो घर फर्किने क्रम ह्वात्तै बढेको छ ।

प्रधामन्त्रीले शुक्रबार साँझ गरेको सम्बोधन पछि यात्रुको चाप अध्याधिक बढेको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।

 ‘चैत १० गतेबाट यातयातलाई पनि बन्द गर्ने घोषणा भएपछि शनिवार झनै भिड बढेको छ । शुक्रबार मात्रै १ लाख ३० हजार ८२२ यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकमा उल्लेख छ।

अहिले काठमाडौंका सडक दसैंमा झैं खाली-खाली देखिन्छन् भने मानिसको भिडभाड पनि उति छैन। ट्राफिक प्रहरीका अनुसार पछिल्ला ३ दिनमा मात्रै ३ लाख २ हजार २ सय काठमाडौंबाट बाहिरिएका छन्।

आफ्नो गाउँ फर्किने मानिसको भिडले यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर, गौशाला बल्खुलगायतका बसस्टेसनमा दसैंको जस्तै चहलपहल देखिएको छ।

बसपार्कमा यात्रुको चाप बढेको छ। लामो दूरीका बस काउन्टरमा टिकट लिनेहरूको लामो लाइन छ। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गतेबाट केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुबाहक सवारी साधनको सञ्चालनमा रोक लगाइने घोषणा गरेका थिए।

Recent Comments

No comments to show.