ग्राहकको भिड रोक्न डिजिटल पेमेन्टको सीमा बढाउँदै राष्ट्र बैंक

ग्राहकको भिड रोक्न डिजिटल पेमेन्टको सीमा बढाउँदै राष्ट्र बैंक

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबारबाट सम्पूर्ण डिजिटल बैंकिङ कारोबार निःशुल्क हुने भएको छ ।

कागजी नोट वा सिक्काबाट विभिन्न भाइरस सर्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले सकेसम्म नोटको प्रयोग कम गर्न सुझाव दिएको छ। प्रयोग गर्दा सावधानी अपनाउन र मुखमा नछुन आग्रह गरेको छ।

बैंकको काउन्टरमा हुने भिडभाड रोक्नको अर्को सूचना जारी नभएसम्मका लागि वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले सम्पूर्ण अनलाइन बैंकिङ कारोबार निःशुल्कको व्यवस्था मिलाएको हो ।

शुक्रबार कामु गभर्नर चिन्तमणि शिवाकोटीको नेतृत्वमा बैंकर्स र राष्ट्र बैंकका अधिकारीहरू बीचको छलफलले डिजिटल कारोबारमा कुनै पनि शुल्क नलिने निर्णय भएको हो ।

जसले गर्दा बैंकमा ग्राहकको भिड कम हुने र कोरोनाको जोखिम कम गर्न यस्तो निर्णय भएको बैंकर्स संघले जनाएको छ ।

Recent Comments

No comments to show.