काठमाडौं। कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले मापसे जाँच स्थगित गरेको छ ।
मापसे जाँच गर्दा संक्रमण फैलिने जोखिम हुने भएकाले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्मका लागि रोक्ने निर्णय गरेको ट्राफिक प्रहरीले जानएको छ ।
कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप मापसे जाँच अत्यावश्यक बाहेकका अवस्थामा नगर्ने निर्णय ट्राफिक प्रहरीले गरेको हो । यसका साथै मापसे गरेर जरिवानामा परेका व्यक्तिका लागि लिँदै आएको सचेतना कक्षा पनि तत्काललाई स्थगित गरिएको छ ।
प्रतिक्रिया