‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना स्थगित

‘पैसा लिने र तिर्ने, दुबइ उड्ने’ योजना स्थगित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको वुहान सहरबाट विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भिडभाड नगर्न गरेकोे निर्देशन अनुसार फोन पे उपहार योजना कमिटीले अर्को सूचना जारी नभएसम्मका लागी यस उपहार योजना तत्कालका लागि स्थगित गरेको छ।

फोन पे ले स्वास्थमा पर्ने जोखिमलाई मध्यनजर गर्दै दुबई भ्रमण ट्रिप जित्ने विजेतालाई समेत वर्तमान विकराल अवस्था नियन्त्रणमा आएपछि मात्र भ्रमण गराइने जनाएको छ।

फोनपेले आफ्ना अन्य सेवा तथा सुविधा निरन्तर रूपमा पूर्ण क्षमताका साथ जारी राख्नेछ। फोन पे को जारी ‘पैसा लिने र तिर्ने दुबई उड्ने’ योजना ११ हप्तासम्म सफल रूपमा सम्पन्न भएको थियो।

२ जनवरी २०२० देखि सुरू भएको यस उपहार योजनामा हालसम्म चार जनाले दुबई ट्रिप, २२ जनाले २५ हजार रूपैयाँ बराबरको स्मार्ट फोन, दैनिक उपहार योजना अन्तरगत ३ सय ८५ जना ग्राहकले शतप्रतिशत क्यासब्याक पाएका छन् भने ३ सय ८५ जना मर्चेन्टले आकर्षक उपहार प्राप्त गरेका छन्।

Recent Comments

No comments to show.