सिनेमा हल,हेल्थ क्लब, डान्सबार बन्द, २५ जना बढी मानिस भेला हुन रोक

सिनेमा हल,हेल्थ क्लब, डान्सबार बन्द, २५ जना बढी मानिस भेला हुन रोक

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लगायतका क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ ।

उपप्राधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका को लागि यस्तो नियन्त्रण गरेको हो।

बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, खेल स्थल, जिम, हेल्थ क्लव, म्युजियम, स्विमिङ्ग पुल, मनोरञ्जन स्थल आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने निर्णय गरेको हो।

त्यस्तै २५ जनाभन्दाबढी मानिस भेला हुन समेत रोक लगाएको छ। कार्यहरुमा पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी मानिसहरु भेला हुन हुन पाउने छैनन् ।

यसको अनुगमन पनि गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले गर्ने भएको छ। यसको अनुगमन गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछ । 

Recent Comments

No comments to show.