कोरोना सजगताका लागि छलफल गर्दै नेकपा

कोरोना सजगताका लागि छलफल गर्दै नेकपा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले  जोखिमबारे छलफल गर्न  बुधबार अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको छ । 

कोरोना भाइरस सङ्क्रमणको सम्भाव्य जोखिमबारे  उक्त  छलफल प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ । सचिवालय बैठकअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा अ‌ोली र पुष्पकमल दाहाल प्रचण्‍डबीच करिब एक घण्टा छलफल भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यरोपणपछि पहिलो पटक सचिवालय बैठक बस्‍न लागेको हो । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍मा दोस्रोपटक मृगौला प्रत्यरोपण गरिएको थियो । उनी फागुन ३० अस्‍पतालबाट डिस्चार्ज भएका थिए ।

प्रधानमन्त्री ओलीले चैत २ मा सार्क राष्ट्रहरूबीचको भिडियो कन्फरेन्समा समेत सम्बोधन गरेका थिए । कोरोना रोकथाम र नियन्त्रणका लागि साझा रणनीति बनाउनसार्क राष्ट्रहरूबीच भिडियो संवाद भएको थियो ।

Recent Comments

No comments to show.