एक प्रतिशतभन्दा बढी सेयर हुने व्यक्ति बिमा कम्पनीको सीईओको लागि अयोग्य

एक प्रतिशतभन्दा बढी सेयर हुने व्यक्ति बिमा कम्पनीको सीईओको लागि अयोग्य

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीमा कम्पनीको एक प्रतिशत भन्दा बढी संस्थापक सेयर हुने व्यक्ति कुनैपनि बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत  सीईओ बन्न नपाउने भएका छन्।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा  बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा अर्थमन्त्री  अर्थमन्त्री युवराज खतिवडाले उक्त कुरा बताएका हुन् ।

छलफलको क्रममा  एक प्रतिशतभन्दा बढी संस्थापक सेयर हुने व्यक्तिसँग वित्तीय स्वार्थ भएको हुनसक्ने भएकाले सीईओ बन्न अयोग्य मान्नुपर्ने बताए  ।

अर्थमन्त्री खतिवडाले कुनै पनि व्यक्ति सीईओ बन्नको लागि  दोस्रो बजारबाट खरिद गरेको साधारण सेयरसमेत खुलाउनुपर्ने जानाकारी दिए ।

सरकारले एक प्रतिशत भन्दा बढी सेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत  हुन नपाउने व्यवस्था गर्न लागेको बताए । त्यस्तै बैठकमा बिमा कम्पनीहरूलाई लघुबिमा कार्यक्रम अनिवार्य कार्यान्वयनमा लैजाने गरी विधेयकमै व्यवस्था गर्ने विषयमा समेत छलफल भएको थियो ।

Recent Comments

No comments to show.