टिपर दुर्घटनापछि काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु आदेश

टिपर दुर्घटनापछि काभ्रेको पनौतीमा अनिश्चितकालीन कर्फ्यु आदेश

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पनौतीको चारकिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उनकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो ।

टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रणका लागि बिहान ९ बजेदेखि कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ । 

झडपकै क्रममा भीडबाट गोली चल्दा प्रहरी हवल्दार दिलिप बुढाथोकी घाइते भएका छन् । उनको स्थानीय सिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

आन्दोलनकैबीचबाट अज्ञात व्यक्तिले ८ बजेतिर गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गर्दा ४ जना प्रदर्शनकारी पनि घाइते भएका छन्।

पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ । त्यस्तै, बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।

रोशी गाउँपालिका—६ का टिप्परका चालक नबराज थापा प्रहरी नियन्त्रणमा छन्।

Recent Comments

No comments to show.