मौसम पूर्वानुमान : पहाडी भू-भागमा चट्यांङसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान : पहाडी भू-भागमा चट्यांङसहित वर्षाको सम्भावना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावले मेघगर्जन तथा चट्यांङसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार देशभर आइतबार विहान देशको पश्चिमी भू-भागमा सामान्य बदली रही मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०२ गते (आइतबार)

दिउँसोः देशका पश्चिमी भू-भागमा सामान्य बदली रही बाँँकी भू-भागमा आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन,चट्यांङसहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

चैत्र ०३ गते (सोमबार)

दिउँसोः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका धेरैजसो भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०४ गते (मंगलबार)

दिउँसोः देशको पूर्वी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

Recent Comments

No comments to show.