काठमाडौं । सेयर कारोबारको समय बढेको छ । लगानीकर्ताले अब दैनिक ५ घण्टा बजेसम्म दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने भएका छन् ।
अहिले ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको छ। नेप्सेले चैत २ गते (आइतबार) देखि परीक्षणका लागि दैनिक ५ घण्टा सेयर कारोबार गर्ने व्यवस्था मिलाएको हो ।
नेपाल धितोपत्र बोर्डले शुक्रबार नेप्सेलाई पत्र काट्दै सेयर कारोबारको समय ५ घण्टा बनाउन निर्देशन दिएको थियो । उक्त निर्णय फागुन ३० गते(शुक्रबार) बसेको नेप्से सञ्चालक समितिको बैठकले गरेको हो ।
नेप्सेद्वारा जारी सूचनाअनुसार आइतबारबाट प्रारम्भिक कारोबार समय बिहान १० बजेर ३० मिनेटदेखि ११ बजेसम्म हुनेछ । त्यस्तै बोलकबोल र निरन्तर कारोबार समय ११ बजेदेखि ४ बजेसम्म र अन्तिम कारोबार समय ४ बजेदेखि ४ बजेर ५ मिनेटसम्म कायम हुनेछ ।
कारोबार हप्तामा ५ दिन अर्थात आईतबारदेखि बिहीबारसम्म खुल्ने गरेको छ ।
प्रतिक्रिया