नेपाल वायुसेवाको उडान तालिका कटौती

नेपाल वायुसेवाको उडान तालिका कटौती

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्ना अन्तर्राष्ट्रिय उडानहरुमा व्यापक कटौती गरेको छ ।

दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं – दिल्ली उडान मार्च १५ देखि दैनिक एउटा मात्र हुने भएको छ । बिहानको उडान नियमित राखी साँझको विमान अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको वायुसेवाद्धारा जारी विज्ञप्तीमा भनिएको छ । 

बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्वईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्च देखि १५ अप्रिलसम्म स्थगित गरिएको छ । बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान पनि रद्द गरिएको छ । काठमाडौं दोहा बीचको उडान फागुन २७ गते देखिनै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकिएको छ । 

यी उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने निगमले जनाएको छ । साथै, टिकटको उडानको मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था पनि गरिएको छ ।

Recent Comments

No comments to show.