काठमाडौं । कारोबारको पाँचौ दिन विहिबार सुनको मूल्य केही ओरालो लागेको छ ।
बिहीबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । बुधबार ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य विहिबार घट्दै प्रतितोला ८१ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ८१ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
चाँदी भने बुधवारको तुलनामा २० रुपैयाँले घटेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया