प्रधानमन्त्री ओलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण,डिस्चार्ज अनिश्चित !

प्रधानमन्त्री ओलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण,डिस्चार्ज अनिश्चित !

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई  ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको  आशंका गरिएको छ ।

अस्पतालमा  आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंह शाहले भनिन्– ‘उहाँलाई संक्रमणको डर हुन्छ, अरु केही दिन अस्पतालमै राख्छौं ।’

उनका अनुसार पिसाब कल्चर गर्न पठाइएको र यसको रिपोर्ट आउन ४८ घण्टा लाग्ने छ । मंगलबार परिक्षणका लागि पठाइएको र बिहीबार मात्रै रिपोर्ट आउने भएकाले बाँकी निर्णय रिपोर्टका आधारमा गरिने पनि उनले जानकारी दिइन् ।  प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने निर्णय पनि यहि रिपोर्टमा पर्नेछ । 

यदि संक्रमण पुष्टि भए अझै केहि दिन अस्पताल नै राख्नु पर्ने चिकित्सकहरुले बताएका छन् । संक्रमण नदेखिए एक दुई दिनपछि नै डिस्चार्ज गर्ने उनीहरुको तयारी छ । 

प्रधानमन्त्रीको स्वस्थ्य अवस्था अहिले राम्रो रहेको, सामान्य हिँडडुल गरिरहेको र सामान्य खाना खाइरहेको अस्पतालले जनाएको छ ।

  प्रधानमन्त्री निकटहरुका अनुसार प्रधानमन्त्री अ‌ोलीको  जिद्दी स्वभावका कारण अहिले सबैजनाले हैरानी भोग्नुपरेको छ । उनी अ‌ाफू पूर्ण स्वस्थ भएको दावी गरिरहेका छन् । उनको उद्देश्य नै डिस्चार्ज भएर काममा फर्कने रहेको छ । विगतमा अस्पताल भर्ना हुँदा पनि प्रधानमन्त्री अ‌ोलीले चाँडो डिस्चार्ज हुन जिद्दी गर्ने गरेका थिए ।

Recent Comments

No comments to show.