निशानामा टुटल-पठाओ, यातायात व्यवस्था विभागले जारी गर्‍यो फेरि सूचना

निशानामा टुटल-पठाओ, यातायात व्यवस्था विभागले जारी गर्‍यो फेरि सूचना

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यातायात व्यवस्था विभागले पछिल्लो समय निकालेको सूचनाले टुटल र पठाओको व्यवसाय धरापमा परेको छ ।

विभागले निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनहरुले विभिन्न माध्यमबाट आफुखुशी भाडा तोकी सार्वजनिक सवारीको रुपमा प्रयोग गरेकोु  भन्दै बन्द गर्न सूचना जारी गरेको हो। 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १२ को उपदफा १ बमोजिम कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनको निम्ति प्रयोग गर्न नपाइने व्यवस्था अनुसार, यस्ता सेवा रोक्न विभागले आग्रह गरेको छ ।

नाम नतोकिए पनि उक्त सूचना लागु भएमा यात्रु बोकिरहेका टुटल, पठाओलगायतका मोटरसाइकलमा यात्रु बोक्ने सेवा प्रभावित हुनेछन् ।

सूचनालाई बेवास्ता गर्दै कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने समेत विभागले स्पष्ट पारेको छ ।

यसअघि पनि र्दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले गैरकानूनी काम गरेको भन्दै विवाद आएको थियो ।

सार्वजनिक यातायातको अव्यवस्थाले गर्दा राजधानीमा धेरै नेपाली युवाहरूले यो सेवा प्रयोग गर्ने र सवारीसाधन भएकाहरूले फुर्सदमा केही आयआर्जन गर्ने गरेका छन् ।

ट्राफिक प्रहरीले करिब १ वर्षअघि टुटल तथा पठाओलाई गैरकानूनी रुपमा मोटरसाइकल भाडामा यात्रु बोक्न प्रयोग गरेको भन्दै कारबाही सुरु गरेको थियो।

तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा कारबाही नर्गन भनेपछि अबैध कार्यले वैधता पाएको थियो।

Recent Comments

No comments to show.