काठमाडौं । रेकर्ड कायम गर्दै बढेको सुनको मूल्य बुधबार घटेको छ ।
मंगलबार ८२ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार ४ सय रुपैयाँले घट्दै प्रतितोला ८२ हजार ३ सय कायम भएको भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै, मंगलबार तेजाबी सुन प्रतितोला ८२ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया