घातक रोग विरुद्ध जीवन बीमा कम्पनी: कुन बीमा कम्पनीको कस्तो सुविधा ?

घातक रोग विरुद्ध जीवन बीमा कम्पनी: कुन बीमा कम्पनीको कस्तो सुविधा ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  ज्योति लाइफ इन्स्योरेन्सले अहिलेसम्मकै सर्वाधिक ३५ घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दै आइरहेको छ। पहिला ११ वटा घातक रोग विरुद्ध १० लाखसम्मको आर्थिक सुरक्षा दिदै आइरहेको इन्स्योरेन्सले त्यसलाई थप गरी ३५ घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा प्रदान गर्दै आइरहेको छ।

यो योजना इन्स्योरेन्सले हाल प्रचलनमा ल्याएका जीवन बीमा योजनाहरुसंग ऐच्छिक सुविधाको रुपमा लिन सकिनेछ। न्युनतम १८ वर्ष देखि ५५ वर्ष सम्मका व्यक्तिहरुलाई यस योजनाले समेट्नेछ भने अधिकतम बीमा अवधि २० वर्ष तोकिएको छ।

जीवन बीमा कम्पनीहरुमध्ये अब्बल मानिएको नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न घातक रोगहरूको जोखिम बहन गर्ने बीमा योजना सार्वजनिक गरेको छ। कम्पनीले १८ रोग विरुद्ध ५० लाखसम्मको जोखिम बहन हुने ‘घातक रोग सुविधा योजना’ बीमा योजना संचालनमा छ।

नेपाल लाइफको उक्त योजनामा सहभागी हुन न्युनतम प्रबेश उमेर १८ वर्ष र अधिकतम प्रवेश उमेर ६५ वर्ष रहेको छ। बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष हुनेपर्ने व्यवस्था छ। न्युनमत बीमा अवधि ५ वर्षदेखि अधिकतम बीमा अवधि २० वर्षसम्मको लागि यो सुबिधा लिन सकिने कम्पनीले जनाएको छ।

नेपालकै पहिलो र अग्रणी जीवन बीमा कम्पनीले नेशनल लाइफ इन्स्योरेन्सले १५ घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्मको सुरक्षा प्रदान गर्दै आइरहेको छ।

एशियन लाइफ इन्स्योरेन्सले १८ प्रकारका घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्दै आएको छ। कम्पनीले घातक रोगहरु विरुद्ध बीमा सुरक्षा प्रदान गर्न मुल बीमा योजनामा एशियन क्रिटिकल केयर अन्तर्गत घातक रोग निरुपण भएमा उपचार खर्चबापत एकमुष्ठ ५० हजारदेखि ५० लाख रुपैयाँसम्म भुक्तानी पाउनेछ। एशियनको यस्तो सुविधा लिन १६ देखि ६० वर्षसम्मका व्यक्ति सहभागि हुन पाउने र बीमा रकम भुक्तानी लिनका लागि अस्पतालको बिल पेश गर्नु नपर्ने कम्पनीले जनाएको छ।

सूर्या लाइफ इन्स्योरेन्सको सूर्या लाइफ केयर योजना अन्तर्गत १८ घातक रोग विरुद्ध बीमा सुरक्षा प्रदान गर्दछ। बीमांक रकम २५ हजार देखि ५० लाखसम्म रहको यस पुरक करारमा बीमा रकम लिन अस्पतालको बिल पेश गर्नु नपर्ने जनाएको छ।

यस्तै रिलायबल लाइफ इन्स्योरेन्सलेले १५ घातक रोग वापतको सुविधा सञ्चालनमा रहेको छ। यो सुविधा अन्तर्गत ५० हजारदेखि १० लाख रुपैयाँ बराबर सुरक्षण प्राप्त गर्न सकिनेछ। १८ वर्ष देखि ६५ वर्ष उमेरका व्यक्ति यो योजनामा सहभागि हुन सक्नेछ।

सन नेपाल लाइफ इन्स्योरेन्सले आम सर्वसाधारणको जोखिम सुरक्षित गर्ने उद्देश्यले म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ। पाँच बर्ष अवधिको लागि दैनिक पाँच रुपैयाँ भन्दा कम लागतमा खरिद गर्न सकिने व्यवस्था छ।

यस योजनाबाट ५ लाख बराबर जोखिम र १८ घातक रोगको जोखिम विरुद्ध ५ लाख गरी १० लाख रुपैयाँ बराबर सुरक्षण हुन्छ।

युनियन लाइफ इन्स्योरेन्स १८ प्रकारका घातक रोगको उपचारार्थ सम्बन्धी बीमा सुविधा योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत कुनै एक रोग निरुपण भएमा एकमुष्ठ ५० लाख रुपैयाँ सम्मको भुक्तानी गर्न सकिने व्यवस्था छ। न्युनतम १६ वर्ष देखि ६० वर्ष उमेर समुहका व्यक्ति यस योजनामा समेटछ। बीमा अवधि न्यूनतम ५ वर्ष देखि ३५ वर्षको हुने यस योजनामा बीमा शुल्क भुक्तानी भने बीमा योजना अनुसार हुनेछ। यस योजनाको बीमाङ्क रकम न्युनतम बीमाङ्क योजना अनुसार र अधिकतम ५० लाखसम्म निर्धारण गर्न सकिन्छ।

रिलायन्स लाइफ इन्स्योरेन्सको पनि घातक रोग सम्बन्धि अतिरिक्त सुविधाहरु संचालनमा छन्। कम्पनीले १८ विभिन्न घातक रोगबाट हुन सक्ने मानवीय हानीलाई कभर गर्ने गरी अतिरिक्त सुविधा संचालनमा लयाएको हो। घातक रोग प्रमाणित भएमा अधिकतम ५० लाख रुपैयाँसम्मको एकमुष्ठ रकम प्रदान गरिने कम्पनीले जनाएको छ।

सिटिजन लाइफ इन्स्योरेन्स २० घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्म रकम भुक्तानी गर्ने जनाएको छ। इन्स्योरेन्सले क्रिटिकल केयर प्लसमार्फत बीमितले २० घातक रोगहरु विरुद्ध ५० लाखसम्मको औषधि उपचार खर्च प्रदान गर्नेछ।

आईएमई लाइफको पनि २१ घातक रोग विरुद्ध ५० लाखसम्मको एकमुष्ठ बीमा रकम प्राप्त गर्न सकिने योजना संचालनमा छ। बीमा रकम प्राप्त गर्न स्वास्थ्य उपचारको रसिद पेश गर्नु नपर्ने कम्पनीले जनाएको छ। कम्पनीको योजनामा न्युनतम १६ वर्ष देखि ६० वर्षसम्मका बीमित हुनुपर्दछ।

सानिमा लाइफको घातक रोग रक्षावरण योजना संचालनमा रहेको छ। त्यस योजना अन्तर्गत ११ घातक रोग विरुद्ध ५० लाख रुपैयाँसम्म बीमा सुविधा प्रदान गर्नेछ। प्रभु लाइफको पनि ११ घातक रोग विरुद्धको सुरक्षण दिने बीमा योजना संचालन गरिरहेको छ।

Recent Comments

No comments to show.