हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदै,ट्राफिकले झन् कडा जाँच गर्ने

हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदै,ट्राफिकले झन् कडा जाँच गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ   मनाइँदैछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होली पर्वलाई दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने भएको छ ।

फागुका दिन हरेक वर्ष थप दुर्घटना हुने गरेको तथ्यलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले अझ कडाइ गर्न लागेको हो ।

फागु पर्वका लागि विशेष ट्राफिक ब्यवस्थापन गरिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागुलाई दुर्घटना रहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको छ ।

राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिने भएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा दुईजना भन्दा धेरै चढ्ने, तिव्र गतिमा चलाउने, जिकज्याक वा लापरवाही साथ सवारी चलाउने, हेल्मेट नलगाई मोटरसाइकल तथा स्कुटर चलाउनेलाई नियन्त्रणमा लिने भएको छ । त्यसैगरी ठूलो आवाज निकालेर वा मोडिफाई गरी सवारी साधन चलाउनेलाई कारवाही गर्न पनि विशेष जाँचको ब्यवस्था मिलाइएको ढकालले जानकारी दिएका छन् ।

काठमाडौँ उपत्यकाको विभिन्न चोकहरूमा “सवारी तीव्र गतिमा नहाकौँ र मापसे गरी सवारी नचलाऔँ ” लेखिएका प्लेकार्ड बोकेका ट्राफिक प्रहरी समेत परिचालन हुनेछन । महाशाखाका प्रमुख ढकालले उपत्यकाका ७६ स्थानमा चेकिङ प्वाइन्ट र १४ वटा मोबाइल भ्यानहरूले गस्ती तथा मोवाईल चेकिङ्ग गरिने जानकारी दिएका छन् ।

Recent Comments

No comments to show.