कोरोनाको प्रभाव: नेपालमा २ लाख २३ हजारले रोजगारी गुमाउन सक्ने चेतावनी

कोरोनाको प्रभाव: नेपालमा २ लाख २३ हजारले रोजगारी गुमाउन सक्ने चेतावनी

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  पछिल्लो अध्ययन अनुसार नेपाली अर्थतन्त्रमा कोरोनाको प्रभाव नेपालमा कोरोनाका कारण करीव १५ हजार जनाको रोजगारी प्रभावित हुने आंकलन गरिएको छ । कृषि र उत्पादन क्षेत्रले भने धेरै रोजगारी गुमाउनु पर्ने छैन ।

त्यसो त अधिकतम् प्रभाव पर्दा नेपालले २ लाख २३ हजारसम्म रोजगारी गुमाउन सक्ने चेतावनी एसियाली विकास बैंकले दिएको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा होटेल, रेष्टुरेन्ट क्षेत्र नराम्रोसँग प्रभावित हुने भएको छ । कोरोनाकै कारण विदेशीले बुकिङ गरेका ८० प्रतिशत भन्दा बढी नेपाली होटलहरु पनि रद्द भइरहेका छन् ।

कृषि, उद्योग र उत्पादन तथा यातायात क्षेत्रमा भने प्रभाव कम देखिने एसियाली विकास बैंकको भनाइ छ । यस क्षेत्रमा जिडीपीको ०।८ प्रतिशतसम्मको क्षति हुनेछ । यसबाहेक व्यापार र सेवा क्षेत्र समेत कोरोनाका कारण प्रभावित हुने उल्लेख गरेको छ ।

Recent Comments

No comments to show.