थलियो विश्व अर्थतन्त्र, किन अकाशियो अपत्यारिलो रूपमा सुन ?

थलियो विश्व अर्थतन्त्र, किन अकाशियो अपत्यारिलो रूपमा सुन ?

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण र त्रासको कारण पुरै अर्थतन्त्र  खस्किदै गएको छ । 

अमेरिकासँगको ट्रेड वारका कारण थलिएको चिनियाँ अर्थतन्त्रलाई कोरोना भाइरसले झनै सिकिस्त बनेको छ ।  कोेरोनाको मारमा हवाई यात्रु कम हुँदा संसारभरका वायुसेवा कम्पनीहरूले खर्बौ रूपैयाँ नोक्सानी ब्यहोरिरहेका छन्।

कोरोना संक्रमणका कारण सबैभन्दा ठूलो मार पर्यटन उद्योगले बेहोर्नु परेको छ।  २० वर्षयता उड्ड्यन क्षेत्रले सबैभन्दा ठूलो चुनौती ब्यहोरिरहेको छ। सन् २००१ सेप्टेम्बरमा अमेरिकाको ट्वीन टावरमा आतङ्कवादी हमला भएपछि केही समय विश्वभरको उड्डयन क्षेत्र प्रभावित भएको थियो।

कोरोना भाइरसले विश्वका वायुसेवा कम्पनीहरुमा ११३ अर्ब अमेरिकी डलर (करीव १३१ खर्ब रुपैयाँ) बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको छ ।

अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एशोसिएशन (आएटा) का अनुसार सन् २०२० मा मात्र हवाई यात्रुमा आएको कमीले वायुसेवा कम्पनीहरुमा साे रकम बराबरको नोक्सानी हुने प्रक्षेपण गरिएको हाे।

यसअघि आएटाले २० फेब्रुअरीमा गरेको प्रक्षेपणमा २९.३ अर्ब डलर बराबरको क्षति हुने अनुमान थियो ।

कोरोना त्रासकै कारण विश्वभरको स्टक मार्केट प्रभावित हुँदा विश्वकै धनाढ्यहरूले अर्बौं सम्पत्ति गुमाइरहेका छन्। विश्वभरका स्टक मार्केटको इन्डेक्स ओरालो झरेको छ।

विश्वअर्थतन्त्र थलिन थालेपछि लगानीकर्ताहरूले सुनमा लगानी बढाएको कारण सुनको मूल्य आकाशिन थालेको छ। विश्व अर्थतन्त्रमा समस्या आउँदा सुनमा लगानी बढ्ने गरेको छ। सुनमा गरिएको लगानीलाई विश्वभर नै सुरक्षित मानिन्छ।

Recent Comments

No comments to show.