दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज, माक्स र सेनिटाइजरमा भन्सार छुट

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज, माक्स र सेनिटाइजरमा भन्सार छुट

Actpro

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले कोरोना भाइसरको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहेको समयमा नेपालमा दैनिक उपभोग्य  आपूर्तिको व्यवस्था  सहज भएको जनाएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै दैनिक उपभोग्य वस्तु  र मास्क तथा अन्य अत्यावश्यक वस्तुको सहज र नियमित आपूर्तिको व्यवस्थाहरुको आपूर्ति व्यवस्था सहज गर्ने बताएको  हो ।

त्यस्तै भन्सारबाट आयात हुने माक्स र सेनिटाइजरमा छुट दिने बताएको छ । माक्स र स्यानिटाइजर अभाव बढदै गएपछि भन्सारमा छुट दिने तयारी गरेको  पत्रकार सम्मेलन मार्फत जानाकारी दिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले माक्स र स्यानिटाइजरको आयातमा सहज बनाउने गरी भन्सार छुट गर्ने  तयारी गरेको छ। यसका लागि मन्त्रालयले अर्थ मन्त्रालयलसँगै अनुरोध गर्ने समेत जनाएको छ।

कोराना भाइरसबाट नेपाल समेत उच्च जोखिममा रहेको उल्लेख गर्दै मुलुकमा औषधि विशेष गरेर मास्क र स्यानिटाइजरको खपत बढी मात्रामा हुनुका साथै मौज्दात समेत राख्ने गरेको पाइएकोले बजारमा यसको अभाव सिर्जना हुन नदिने बताएको छ ।

अहिले बजारमा माक्स र सेनिटाइजर चरम अभाव देखिएको छ। बजार अभावसँगै कालोबजारी गर्ने व्यवसायीलाई समेत मन्त्रालयले अनुगमन गर्दै कारबाही थालेको छ । बजारमा अहिले ५ रुपैयाँको माक्सलाई ५० रुपैयाँ सम्ममा बिक्री गरिरहेको छन।

Recent Comments

No comments to show.