काठमाडौं । हलिउड महङ्गो चलचित्र निर्माणमा सबैभन्दा अघि । हलिउडमा बनेका चलचित्रको बजेट १०० मिलियनभन्दा धेरै हुन सामान्य कुरा भईसक्यो ।
अक्सर हलिउडमा चलचित्रको लागत तथा कमाइको हिसाब किताब गोप्य नै रहन्छ । यसकारण पनि कुल सिनेमा कति लागतमा बन्यो भन्न गार्है पर्छ ।
कलाकारहरुको बजेट तथा सिनेमाका प्रयोग भएका प्रविधिको कारण पनि हलिउड फिल्म महङ्गा हुन्छन् । हलिउडको हालसम्मकै सबैभन्दा महङ्गो चलचित्र ‘पाइरेट्स अफ द क्यारेबियनः अन स्ट्रेन्जर टाईड्स’ लाई मानिन्छ ।
यी हुन् अहिलेसम्मका सबैभन्दा महङ्गा चलचित्रः
५. ‘ट्याङ्गल्ड’ (२६० मिलियन डलर)
एनिमेटेड चलचित्रहरूमध्ये सबैभन्दा पहिले बनेको चलचित्र ट्याङ्गल्ड नै हो । सन् २०१० मा बजेको यो चलचित्रमा ‘म्याण्डी मुर’ले ‘रपुञ्जेल’को पात्रमा आवाज दिएकी थिइन्।
कुल २६० मिलियन डलर खर्च गरेर बनाईएको यो चलचित्रले अमेरिकाबाट मात्रै २०० मिलियन डलर र विश्वभरीबाट ६०० मिलियन डलरको कमाइ गरेको थियो ।
प्रतिक्रिया