मकवानपुर । जन्तीसहित बेहुला९बेहुली लिएर फर्किएको बस मकवानपुरगढीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
मकवानपुरगढीको जीतपुरभञ्जाङबाट सुकौरातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस गौरीभञ्जाङको भीरबाट ५० फिट तल खस्दा तीन जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ४८ जना घाइते भएका छन्, घाइतेको हेटौंडा र चुर्यहिल अस्पतालमा उपचार भइरहेको छ । मान्छे धेरै च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ।
मृत्यु हुनेहरुमा मकवानपुरगढी गाउँपालिका ७ बस्ने ३२ वर्षीय सोमबहादुर रुम्बा, सोही ठाउँका सोमबहादुर मोक्तान, २४ वर्षीय सुरज लो र नाम नखुलेका एक पुरुष रहेको प्रहरीले जानकारी दिएको छ ।
बुधबार दिउँसोको विवाह सकेर बेहुली लिएर घरतर्फ फर्किने क्रममा गाडीको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया