भारतमा भित्रियो कोरोना, २८ जनामा देखियो

भारतमा भित्रियो कोरोना, २८ जनामा देखियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म २८ जनामा कोरोना अर्थात् कोभिड–१९ देखा परेको छ ।

२८ मध्ये १६ जना इटलीका पर्यटक भएको बताइएको छ ।  भारतका स्वास्थ्य मन्त्री हर्षवर्धनले त्यहाँबाट मास्क निर्यातमा रोक लगाएको घोषणा पनि गरेका छन् । 

भारतमा कोरोना देखिएसँगै नेपालमा पनि कोरोना भित्रनसक्ने सम्भावनालाई दृष्टिगत गरी जनस्तरबाटै सजगता अपनाउनुपर्ने देखिएको छ । 

नेपालमा सजग बनौं : कोरोना भाइरसबाट जोगिन के गर्ने ?

-हामी खोकी लाग्दा वा हाछ्युँ गर्दा हातले मुख छोप्छौँ । हातमार्फत एक–अर्कामा संक्रमण सर्न सक्ने भएकाले हात नमिलाउनुस् ।  

– विदेशबाट आएका व्यक्तिलाई डाक्टरको परामर्शमा राखौँ । 

– हातलाई राम्रोसँग साबुनपानीले सफा गर्नुस् ।

– व्यक्तिगत सरसफाइमा धेरै ध्यान दिनुस् । 

– मासु राम्रोसँग पकाएर मात्र खानुस् । 

– रुघाखोकी लाग्नु, ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुनु कोरोनाका लक्षण हुन् । त्यस्ता लक्षण देखिनेबित्तिकै तुरुन्त अस्पताल जानुस् । 

– धेरै भिडभाड भएको ठाउँमा नजानुस् । 

– खोक्दा र हाछ्युँ गर्दा थुकका छिटा बाहिर जान सक्छन् । त्यसैले सर्जिकल मास्क प्रयोग गर्नुस् । प्रयोग गरेको मास्क जताततै नफाल्नुस् ।

– अहिले कोरोना संकमणले गर्दा मानिस त्रसित छन् । यस्तोमा सकारात्मक सोच्नुपर्छ र आफ्नो आत्मबल उँचो राख्नुपर्छ ।

– रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस कोरोनाबाट संक्रमित हुने सम्भावना धेरै भएकाले प्रतिरोधात्मक क्षमता बढाउने खानेकुरा खानुस् । सन्तुलित भोजन गर्नुस् । 

– खानेपानी तताएर खानुस् । तातो खानेकुरा धेरै खानुस् । 

– मौसम परिवर्तनको समय भएकाले रुघाखोकी लाग्ने गर्छ । त्यसैले रुघाखोकी लाग्नेबित्तिकै कोरोना भयो भनेर मानसिक तनाव नलिनुस् । बरु, चिकित्सकसँग परामर्श गर्नुस् । 

Recent Comments

No comments to show.