देउवाले पेलेरै जाने नीति लिएपछि,रामचन्द्र पौडेल पक्षका नेताहरुको भेला चाक्सिबारीमा

देउवाले पेलेरै जाने नीति लिएपछि,रामचन्द्र पौडेल पक्षका नेताहरुको भेला चाक्सिबारीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छलफलमा जुटेका छन्।

महाधिवेशन आउन एक वर्षमात्रै बाँकी छँदा  कांग्रेस सभापति शेरबहादुर देउवाले एकलौटी  ढंगले विभागका पदाधिकारी र केन्द्रीय सदस्यहरु मनोनयन गरेको विरोधमा कांग्रेसका संस्थापन इतर नेताहरुको बैठक चाक्सीबारीमा छलफल सुरु भएको छ।

नेता प्रकाशमान सिंहको ठमेलस्थित निवासमा असन्तुष्ट पक्षहरुको बैठक बसेको हो। भेलामा संस्थापन इतरका सबैजसो नेताहरु सहभागी छन्।

बैठकमा असन्तुष्टिका विषयहरु वरिष्ठ नेता रामचन्द्र पौडेलले राखेका छन्।

महामन्त्री शशांक कोइराला र प्रकाशमान सिंहलगायत  पौडेल पक्षीय जिल्ला सभापति तथा उपसभापति तथा केन्द्रीय सदस्यहरु बैठकमा सहभागी छन्।   

Recent Comments

No comments to show.