काठमाडौं । सुनको मूल्य बढ्ने क्रम बुधबार पनि जारी नै रह्यो । बुधबार छापावाल सुनको मूल्यमा नयाँ किर्तीमान कायम भएको छ ।
मंगलबार प्रतितोला ७८ हजार ३ सय रुपैँयामा कारोबार भएर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा बुधबार २२ सय रुपैयाँ बढ्दै प्रतितोला ८० हजार ५ सय रुपैयाँ कायम भएसंगै सुनको मूल्यमा अर्को रेकर्ड कायम भएको हो ।
तेजाबी सुनको मूल्य तोलामा पनि दुई हजार दुई सय रुपैयाँले बढेर ८० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलामा ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि फागुन १२ गते सुनको भाउ तोलाको ८० हजार ३ सय रुपैयाँ पुगेको थियो।
प्रतिक्रिया