मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओली बुधबार हुने मिर्गौला प्रत्यारोपणका  लागि सोमबार (आज)  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै छन् ।

दुबै मिर्गौला फेल भएपछि ०६४ सालमा भारतको एपोले अस्पतालमा ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।  

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् ।

ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार छन् ।

Recent Comments

No comments to show.